मतदाता प्रशिक्षण सामग्री जलाउने पक्राउ

मङ्गलबारे : मतदाता प्रशिक्षण सामग्री जलाउने नेकपा–माओवादीका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी उनीहरूविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
इलामको महमाइमा लगिएको निर्वाचनसम्बन्धी पोस्टर, पम्प्लेट जलाउने चुलाचुली–१ का तुला भनिने सुकबहादुर राई, चुलाचुली–८ का न्युनसन राई र महमाइ –८ का दीपक विश्वकर्मा (सेञ्चुरी) माथि प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको हो ।
बिहीबार महमाइमा लैजाादै गरिएको प्रशिक्षण सामग्री उनीहरूले खोसेर जलाएका थिए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरी म्याद थपसमेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया