भारतसँग विशेष सम्बन्ध : भण्डारी

काठमाडौं, १० कात्तिक । शरतसिंह भण्डारी नेतृत्वको पार्टीले भारतसग विशेष सम्बन्ध राख्नु पर्ने प्रस्तावअगाडि सार्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय मधेस समाजवादी पार्टीले आत्मनिर्णयको अधिकार एवं पहिचानसहित स्वायत्त मधेस प्रदेशको प्रस्तावसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको घोषणापत्रमा राज्यको पुनर्संचना पहिचान र सामथ्र्यका आधारमा गरिने उल्लेख छ ।

उसले संघका संसद्बाट निर्वाचित प्रधानमन्त्री सरकार–प्रमुख र संघ तथा प्रदेशबाट निर्वाचित जनप्रतिनिधिबाट परोक्ष निवार्चन प्रणालीद्वारा निर्वाचित संवैधानिक राष्ट्रपति राष्ट्र–प्रमुख रहने संवैधानिक व्यवस्था परिकल्पना गरेको छ संघीय र प्रादेशिक संसद्को चुनाव प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुनुपर्ने उसको धारणा छ ।
गैरभौगोलिक क्षेत्र कायम गरी मधेसी, थार, आदिवासी–जनजाति, दलित, मुसलमान, महिला, अल्पसङख्यक आदि समुदायका लागि समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने पक्षमा पार्टी रहनेछ, उसले भनको छ । स–साना वर्ग एवं समुदायहरूको पनि राज्य संरचना एवं निर्णय प्रक्रियामा पहँुच तथा सहभागिता सुनिश्चित हुन सकोस् भन्नका लागि सामाजिक न्यायको सिद्धान्तअनुरुप सकारात्मक विभेदको नीति अवलम्बन गरिनुपर्ने, नेपाली नागरिकका सन्तान र आश्रित परिवारलाई समेत नागरिकताको व्यवस्था गरिनुपर्ने समाजवादीले घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै, मधेसी युवालाई आफ्नै देशमा स्वरोजगारको वातावरण दिएर विदेश जानबाट रोक्न तथा गइसकेकालाई फर्काउन अनि उनीहरूको संलग्नतामा मधेसमा हरित क्रान्ति तथा चुरे सम्बद्र्धन गरी यथेष्ठ लाभ लिन विविध कार्यक्रमहरू सञ्चालन गर्ने, पर्यटन पूर्वाधारको राष्ट्रिय सञ्चाल निर्माण गरी तराई मधेस पर्यटनको भिन्नै अवधारण विकास गर्ने घोषणापत्रमा समेटिएको छ ।

प्रतिक्रिया