अनैतीक सम्बन्धका कारण गाउँ निकाला

Sex 2खोटाङ, ९ कात्र्तिक । धादिङका एक पुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा खोटाङकी एक महिला गाउँ निकाला भएकी छिन् । च्यानडाँडा–१ सेखुवाकी २५ वर्षीया रमिला बुढाथोकी दुई सातादेखि गाउँबाट निकालीएकी हुन् । अनैतिक सम्बन्ध राखेको आरोपमा आफ्नै काका तथा दाजुबाट उनी गाउँबाट निकालीएकी छिमेकी बताउछन् । आफन्तले गाउँ निकाला गरेपछि अलपत्र बनेकी बुढाथोकीले आफूलाई माइतीघर बस्ने वातावरण्ँ बनाई दिन राजनीतिक दलका साथै अन्य समाजीक संस्थासंग आग्रह गरेकी छिन् । पीडितका बुबा–आमाले पनि आफ्नै दाजुभाइले आफूमाथि समेत विभिन्न आरोप लगाएर छोरीलाई गाउँ निकालीएको बताउछन् । उनीहरू छोरीले माइतीघरमा बस्न पाउनुपर्ने माग गरेका छन् ।

अनैतिक सम्बन्ध राखेको खुलासा भए पछि रतन्छा–२ घर भएकी उनलाई चैतमा माइतीघर पठाइएको थियो । त्यसयता माइतीमै बस्दै आएपनि गत २३ असोजमा उनी गाउँ छाड्न बाध्य भएकी थिइन् । आफ्नै काका तथा दाजु पर्ने जङगबहादुर बुढाथोकी, टीकाबहादुर बुढाथोकी, रत्न बुढाथोकी र ज्ञानबहादुर बुढाथोकीले दवाव दिए पछि आफू गाउँ छाड्न बाध्य भएको रमिला बताउछिन् ।
उहाँले भन्नुभयो, ? तत्काल गाउँ नछाडे जे पनि गर्ने भनेपछि गाउँ छाड्न बाध्य भएको हुँ । ? गाउँ निकाला गर्ने जङगबहादुर र टीकाबहादुर स्थानीय शिक्षक समेत हुन् । गाउँलेले सात महिना त माइत बसी भन्दै दसैँसम्म बस्न दिन दबाब दिएपनि आफ्नै चार जना दाजुभाइले ती महिलालाई गाउँ निकाल्नै पर्ने अड्डी कसेपछि गाउँलेहरू नै आश्चर्यमा परेका छन् । उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेका छन् । आफन्तबाट गाउँ निकाला भएकी रमिला निर्मलीडाँडा–२ स्थित सानीआमाको घरमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया