देवकोटालाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं, ९ कात्तिक । मानसिक स्वास्थ्य क्षेत्रकै उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार डा. गुइस्लेन ‘ब्रेकिङ् द चेन अफ स्टिग्मा–२०१३’ नेपालका मातृका देवकोटाले प्राप्त गरेका छन् । कोसिस नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्षसमेत रहेका देवकोटालाई मानसिक स्वास्थ्यका क्षेत्रमा कार्य गरेबापत अक्टोबर १० का दिन भारतको मुम्बईमा सो पुरस्कार प्रदान गरेको जानकारी गराइयो ।

पचास हजार अमेरिकी डलर राशि रहेको सो पुरस्कार आगामी दिनमा पनि मानसिक स्वास्थ्यका क्षेत्रमा रहेका कुरीति र विसंगतिविरुद्ध कार्य गर्नमा नै खर्च गरिने अध्यक्ष देवकोटाले जानकारी दिए ।
अध्यक्ष देवकोटा स्वयं पनि १५ वर्षको उमेर छँदा नै मानसिक रोगबाट पीडित रहनुभएको थियो । सामाजिक अज्ञानताका कारण २५ वर्षको उमेर पछि मात्रै उनको मानसिक रोगको उपचार हुन सकेको थियो ।
मानसिक रोग आजको प्रमुख चुनौती बनेको भन्दै उनले मानसिक रोगका कारण नै आत्महत्या गर्नेको संख्या पनि बढ्दै गइरहेको छ भने । सन् २००८ मा स्थापित कोसिस संस्थाले मानसिक स्वास्थ्यका क्षेत्रमा विशिष्ट कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया