‘वार’ को प्रतिस्पर्धामा ‘मधुमास’

madhumas-शुक्रबार देखि दुई नया चलचित्र “मधुमास” र “वार” रिलिज हुने भएका छन् । रोमान्सले भरिएको आर्यन सिग्देल अभिनित चलचित्र “मधुमास” रोमाण्टिक थ्रीलर सिनेमा हो । नीता ढुंगानाको लिड रोल रहेको चलचित्र “वार”ले जडिबुटीमाथि विदेशी मुलुकले लगाएको गलत नजरलाई मुख्य विषयवस्तु बनाएको छ ।
“मधुमास”लाई फ्राइडे फिल्मस्को ब्यानरमा सुदर्शन थापाले निर्देशन गरेका हुन् । सेन्सर बोर्डबाट पिजी सटिफिर्केट पाएको यो चलचित्रमा निर्देशक थापा र बाबुराम दाहालको लगानी रहेको छ । चलचित्रमा आर्यन र पूजासागै मनोज आरसी र शिवाङ्गिनी राणाको पनि मुख्य भूमिका रहेको छ । देशभरका करिब ७० पर्दाहरुमा एकसाथ रिलिज हुन लागेको यो चलचित्रको कोरियोग्राफी रेनेशा राईले गरेकी छिन् । संगीत सुरेश अधिकारी, सम्पादन राजु ढुंगाना र एक्सन हिमाल केसीको छ ।
शक्रबारबाटै प्रदर्शनमा आउन लागेको अर्को चलचित्र “वार”लाई सुबोध भट्ट र किशोर भट्टले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा जडिबुटी नेपालको सम्पति भएकोले नेपालमै उपयोग हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । नीतासागै नायक विराज भट्टका भाई कृष्ण भट्टको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ । सेन्सरबाट पीजी सटिफिर्केट पाएको यो चलचित्रलाई किशोर भट्टले लेखेका हुन् । बनिश शाहको सम्पादन र हिमाल केसीको एक्सन रहेको छ ।

प्रतिक्रिया