ट्याक्टर दुर्घटनामा २ को मृत्यु

दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको सिस्नेमा ट्याक्टर दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट राकमकर्णालीतर्फ गैरहेको ग १ त १४३६ नम्बरको ट्याक्टर विहीबार दुर्घटना हुँदा दैलेख चामुण्डाका भूपेन्द्र शाही र सुर्खेत उत्तरगंगाका राजकुमार हमालको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक शाही उक्त ट्याक्टरका चालक र हमाल सहचालक रहेको राकमकर्णाली प्रहरीले जनाएको छ । तीव्र गतिका कारण सडक भित्तामा पल्टिएको ट्याक्टरले च्यापेर उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । (सौस)

प्रतिक्रिया