माले समाजवादीका उम्मेदवारलाई कुटपिट

saptariसप्तरी, ७ कात्तिक । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–५ बाट संविधानसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा (माले) समाजवादीका उम्मेदवार सिंहेश्वर साहलाई सांघातिक आक्रमण भएको छ ।
घाईते साहको सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको छ । बुधबार राति चुनाव प्रचार–प्रसारका क्रममा तीन/चारजनाको समूहले साहलाई निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
माले समाजवादीले कुटपिट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताले गरेको आरोप लगाएको छ ।
श्रवण चौधरी, जयनारायण चौधरी र भिखन चौधरीसहितको समूहले साहलाई घर फर्कने क्रममा कुटपिट गरेको हो । कुटपिटमा संलग्न श्रवण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटबाट उम्मेदवार साहको टाउको, खुट्टासहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको नाकबाट रगतसमेत बग्ने गरेको नेकपा (माले) समाजवादीका जिल्ला अध्यक्ष धनवीर साहले बताए ।

प्रतिक्रिया