‘संघीयताका विषयमा अघोषित जनमत संग्रह’

Chitrabahadur-Kcचितवन, ६ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अखण्ड नेपाल कायम गर्नका लागि समर्थनको अपील गरेका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति चितवनले आज (बुधबार) भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले सङ्घीयताकै कारणले संविधान नबनेको दोहर्‍याए । संघीयताकै कारण गणतन्त्र समेत धरापमा पारेको आरोप उनको छ ।
सङ्घीयताले देश टुक्रने बताएका अध्यक्ष केसीले संघीयता नेपालले धान्न नसक्ने बताए । सङ्घीयतामा गए देशमा विदेशी हस्तक्षेप बड्ने उनको भनाई छ ।
अध्यक्ष केसीले दोस्रो संविधानसभाको चुनाव संघीयताका विषयमा अघोषित रुपमा जनमत संग्रह भएको बताए । ‘अहिले ठूला भनाउँदा पार्टीले मुलुकलाई विभाजन गरी राष्ट्रिय अखण्ड, सार्वभौमसत्ता धरापमा परेका छन्,’ उनले भने, ‘जनताले यसलाई विचार गर्नै पर्छ ।’

प्रतिक्रिया