कांग्रेस उम्मेदवार ‘प्रतिमा’लाई भ्याईनभ्याई

Pratima-Gautam-2

काठमाडौं, ६ कात्तिक । काठमाडौं–२ मा कांग्रेसकी प्रत्यक्ष तर्फबाट उम्मेदवार बनेकी प्रतिमा गौतमले आफ्नो चुनावी अभियानलाई दिन प्रतिदिन तिव्रता दिएकी छन् ।
उनले चुनावी अभियानकै क्रममा आज (बुधबार) मुलपानीमा मतदाताहरुसँग आफूलाई मत दिन आग्रह गरेकी छन् । चुनावी अभियानमा उल्लेख्य नेता, कार्यकर्ता र समर्थकहरुको सहभागिता रहेको गौतमले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएकी छन् । गौतमले नेविसंघबाट राजनीति गरेकी हुन् ।
दैनिक सरह घरदैलो कार्यक्रम गर्दै आएकी छन् । काठमाडौं–२ मा उनको उम्मेदवारीलाई विशेष रुपमा लिने गरिएको कांग्रेस नेताहरुको भनाई छ । हुन पनि गौतम एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रतिष्प्रधा गर्दै छिन् ।
एमालेका नेता नेपाल पनि सो क्षेत्रबाट विजयी हुन विभिन्न चुनावी कार्यक्रम गर्दै आएका छन् । काठमाडौं–२ मा नेपालका साथै एमाओवादीका नेता लीलामणि पोखरेले पनि उम्मेदवारी दिएका छन् ।
अघिल्लो संविधानसभा चुनावमा एमाओवादीका झग्गुप्रसाद सुवेदीले वरिष्ठ नेता नेपाललाई पराजित गरिदिएका थिए ।

प्रतिक्रिया