काठमाडौं, ६ कात्तिक । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा आफूहरुको बहुमत आउने निश्चित रहेको दोहर्याएका छन् ।
काठमाडौंको क्षेत्र नम्बर दशमा आज (बुधबार) पत्रकारसँग कुरागर्दै अध्यक्ष दाहालले एमाओवादी मात्रै परिवर्तनकारी शक्ति भएको बताए । ‘एमाओवादीको विजयी सुनिश्चित छ,’ उनले भने, ‘चुनावमा एमाओवादीको बहुमत आउँछ ।’
उनले कांग्रेस र एमालेलगायतका दल पहिचानसहितको संघीयता विरोधी भएको आरोप लगाए । कांग्रेस र एमाले मुलुकलाई परिवर्तन गर्नै नचाहेको बताए ।
प्रतिक्रिया