सत्ताका लागि टुक्रिएकासँग तालमेल हुँदैन

Upendra-Yadavविराटनगर, ६ कात्तिक । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता र कुर्सीका लागि टुक्रिएर गएका मधेसी दलहरुको अवस्था निर्वाचन पछि दयनीय हुने बताएका छन् ।
विराटनगरमा आज (बुधबार) पत्रकारसँग कुरागर्दै अध्यक्ष यादवले मधेसलगायत अन्य स्वायत्त प्रदेश निर्माण, समावेशी लोकतन्त्र र विकासका मुख्य मुद्दा लिई आफू जनतासमक्ष जान लागेको बताए । ‘मधेसका मुद्दालाई भन्दा सत्तालाई मधेसी दलले जोड दिएका छन्,’ उनले भने, ‘निर्वाचन पछि उनीहरुको अवस्था अत्यन्तै नाजुक हुने छ ।’
उनले निर्वाचनमा मधेसी दलहरुबीच कुनै पनि क्षेत्रमा तालमेल नभएको बताए । ‘निर्वाचन क्षेत्रहरुमा मधेसवादी दलहरुका बिच तालमेल भएको छैन,’ यादवले भने ।
आगामी निर्वाचनमा मधेसी जनताले फोरम नेपाललाई मधेसमा सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित गरिदिने उनको भनाई छ ।
अध्यक्ष यादवले नेकपा–माओवादीलगायतका असन्तुष्ट दललाई बन्द–हड्ताल भन्दा पनि निर्वाचनलाई सफल बनाउने तर्फ लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया