मुम्बई । चर्चित फिल्म मेकर रामगोपाल वर्माले निर्माण गरेको ‘सत्या–२’ आठ नोभेम्बरमा रिलीज हुने भएको छ । वर्माले विभिन्न प्राविधिक कारण देखाउँदै ‘सत्या–२’ को रिलीजको समय सारेका हुन् ।
गत शुक्रवार ‘सत्या–२’ रिलीज हुनु पर्ने थियो । फिल्म निर्माता एवं प्रस्तोता अरुण शर्मासँग केही विषयमा मतभेद भए पछि रिलीजको समय प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विवाद भए पछि वर्मा र शर्माबीच सम्बन्ध विग्रिएको छ । वर्माले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा अरुण शर्मासँगको छलफल पछि आठ नोभेम्बरमा मात्रै ‘सत्या–२’ रिलीज हुने समय तोकेको जानकारी गराएका छन् ।
‘सत्या–२’ लाई प्रचार–प्रसारमा सहयोग गर्न अभिनेता अमिताभ बच्चनले सहयोग गरेका थिए । ‘सत्या–२’ को निर्माण पक्षले गरेको पार्टीमा पनि अमिताभ बच्चन पुगेका थिए । फिल्ममा पुनीत सिंह, अनामिका सोती र आराधना गुप्ताले अभिनय गरेका छन् ।
प्रतिक्रिया