जीप दुर्घटनामा आठ जना यात्रुको मृत्यू

Parbatपोखरा, ५ कात्तिक । पर्वत जिल्लामा यात्रु बहाक जीप दुर्घटना हुँदा मृत्यू हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा नौं जना घाईते भएका छन् ।
लेखफाँट–९, लोप्रेकदेखि म्याग्दी सदरमुकाम वेनी जाँदै गरेको ग १ ज ५१२० नम्बरको यात्रुबहाक जीप आज (मंगलवार) दुर्घटना भएको पर्वत प्रहरीले जनाएको छ । जीप धौलापारमा दुर्घटना भएको हो ।
चालक पृथ्वी पुन, शालिजा–६ की सात बर्षीय आयुष्मा पुन, लेखफाँट–९ का ५५ बर्षीय शंखवीर फकामी, शालिजा–६ की १८ बर्षीय सीता फकामी, तनहुँ जिल्ला एक्लेफाँट घर भएकी ४० बर्षीय मनमाया खोरजा पुन, गोरखा घर भएका २५ बर्षीय भीमबहादुर थापालगायतको मृत्यू भएको छ ।
दुर्घटनामा शालिजा–९ का गमबहादुर पुन, टीका पुन, ज्ञानमाया थापा, भीम पुन, अशोक पुन, लेखफाँट–९ का होमबहादुर फकामी, कास्की घर भएका राजेश पुन, सीममाया पुन र तीन बर्षीय बालक घाईते भएका छन् । घाईते उपचारका लागि पोखरा ल्याईएको छ ।

प्रतिक्रिया