संयमित, शान्तिपूर्ण चुनावी प्रक्रिया अघि बढाउ

Rastriya-Manb-Adhikar-Aayogकाठमाडौं, ५ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले दलहरुलाई संयमित र शान्तिपूर्ण ढङ्गबाट चुनावी प्रक्रिया अघि बढाउ आग्रह गरेको छ ।
आयोगले आज (मंगलबार) विज्ञप्ति जारी गरेर भएरहित अवस्थामा चुनावको वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह गरेको हो ।
निर्वाचनको प्रचार–प्रचार र निर्वाचनसँग सरोकार राख्ने गतिविधिहरू अघि बढाउने क्रममा पाँचथर, सिराहा, धादिङ, सल्यान, रूकुम, सुर्खेतलगायतका जिल्लामा राजनीतिक दलहरूबीच झडप भएको भन्दै आयोगले झडपका कार्य नगर्न भनेको छ ।
‘देशको राजनीतिक तथा सामाजिक प्रक्रियामा शान्तिपूर्वक र निर्भयपूर्ण वातावरणमा सहभागी हुन पाउने नागरिकको अधिकार सुनिश्चित गरेको पृष्ठमूमिमा यस्ता घटना हुनु दुर्भाग्यपूर्ण हो,’ आयोगले भनेको छ ।
विभिन्न जिल्लाहरुमा कांग्रेस, एमाले, एमाओवादीलगायतका दल र तिनका कार्यकर्ताबीच झडप सुरु भएपछि आयोगले चिन्ता जनाएको छ ।

प्रतिक्रिया