कारागारमा सुरुङ्ग खन्ने ११ कैदी नियन्त्रणमा

karagarकाठमाडौं, ५ कात्तिक । रोल्पा जिल्ला कारागार शाखामा सुरुङ्ग खनेर भाग्न खोज्ने झण्डै एक दर्जन कैदी बन्दीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारागार शाखामा सुरुङ्ग खन्ने ११ जना कैदी बन्दीहरुलाई सोमबार नियन्त्रणमा लिएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
कारागार शाखाको कोठा नम्वर–२ मा रहेका कैदी बन्दीहरुले सोमबार बिहान करीव १ बजे अन्दाजी ३ हात गहिरो सुरुङ्ग खनेका थिए ।
डिउटीमा खटिएका प्रहरी हवल्दार छविराम घिमिरेले सुरुङ्ग खनीरहेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।
तत्काल खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया