गोरखाबाट राप्रपा–नेपालको एकता यात्रा

rpp-nepalकाठमाडौं, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले चुनावी अभियान अन्तर्गत गोरखाबाट ‘मेची–काली राष्ट्रिय एकता यात्रा’ सुरु गरेको छ ।
राप्रपा–नेपालका अध्यक्ष कमल थापाले सोमबार यात्राको सुरुवात गरेका हुन् । गोरखास्थित गोरखकाली मन्दिरमा अध्यक्ष थापाले विशेष धार्मिक अनुष्ठान गरेको राप्रपा–नेपालका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
एकता यात्रामा स्वयं अध्यक्ष थापासहितका केन्द्रीय नेता र कार्यकर्ताहरुको सहभागिता छ । यात्रामा झण्डै दुईसयको सहभागिता रहेको श्रेष्ठले दाबी गरे ।
एकता यात्राका क्रममा विभिन्न स्थानमा हुने चुनावी कार्यक्रमलाई पनि अध्यक्ष थापाले सम्बोधन गर्ने छन् ।
गोरखाबाट सुरु भएको यात्रा कात्तिक–१४ गते काठमाडौंको बसन्तपुरमा समापन हुने कार्यक्रम छ । (फाईल तस्विर)

प्रतिक्रिया