‘एनआरएनए’मा अष्ट्रेलियाका घले विजयी

NRNA-Shes-Ghaleकाठमाडौं, ४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा अष्ट्रेलिया निवासी शेष घले निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न छैटौं महाधिवेशमा घलेले ५ सय १० मत पाएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी तेञ्जी शेर्पालाई ठूलो मत अन्तरले पराजित गरेका छन् । शेर्पाले २ सय ८० मत मात्रै पाएका थिए ।
कार्यसमितिमा अध्यक्ष घलेकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा भवन भट्ट, महासचिवमा कुमार पन्त, सचिवमा रञ्जु थापा र कोषाध्यक्षमा बद्री केसी निर्वाचित भएका छन् । भट्टले ३ सय ४८, पन्तले ३ सय ९५, थापाले २ सय ७२ र केसीले ४ सय ७२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
एसिया संयोजकमा गंगा राई, उप–संयोजकमा रोविन्द्रप्रसाद श्रेष्ठ, यूरोप संयोजकमा अर्जुन श्रेष्ठ, मध्यपूर्व संयोजकमा चन्द्र रोका र अफ्रिका संयोजकमा हिक्मत थापा विजयी भएका छन् । एनआरएनए सन् २००३ मा स्थापना भएको थियो ।

प्रतिक्रिया