काठमाडौं, ४ कात्तिक । काठमाडौंको कोटेश्वरबाट प्रहरीले झण्डैं एक करोड रुपियाँ बराबरको सुन बरामद गरेको छ ।
तातोपानी–३ बस्ने २३ बर्षीय राजकुमार राईलाई प्रहरीले भन्सार छली गरेर ल्याएको करीव ९६ लाख ८७ हजार रुपियाँ बराबरको २ किलो सुनसहित पक्राउ गरेको जनाएको छ ।
बा. ३७ प १८२४ नम्वरको मोटरसाइकलमा चाईनाको तिब्बतबाट लुकाई छिपाई भन्सार छली गरेर ल्याएको सुन गोप्य सूचनाका आधारमा प्रहरीले बरामद गरेको हो ।
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वर र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कात्तिक–२ गते बेलुका पौने सात बजे कोटेश्वर चोकमा मोटरसाइकल र राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया