कांग्रेसले १ सय ३५ क्षेत्रमा जित्छ स् नेता केसी

Arjun-Narasing-Kcकाठमाडौं, ३ कात्तिक । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट १ सय ३५ सिट सहित बहुमत ल्याउने दावी गरेका छन् ।
काठमाडौंमा आज ९आइतबार० आयोजित कार्यक्रममा केसीले पार्टीको स्थानीय समितिबाट आएको रिपोर्टका आधारमा कांग्रेसको १ सय ३५ स्थानमा जित निश्चित रहेको बताए । उनले आन्तरिक विवाद मिलाएकाले पनि बाहिर आशंका गरिए जस्तो अवस्था नरहेको बताए ।
‘कांग्रेस बहुमत सहित सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित छ,’ उनले भने, ‘नेपाली जनताले कांग्रेसलाई हेरेर बसेका छन् ।’

प्रतिक्रिया