लोकमान कार्की विरुद्ध सर्वोच्चमा रीट निवेदन

Lokman shin Karkiकाठमाडौं, ३ कात्तिक । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध परेको रीटलाई दर्ता गर्न मानेको छैन ।
मनकामना मन्दिरको दर्शन पछि प्रहरी जवानलाई खुट्टा धुन लगाएको आरोपमा आज (आइतबार) सर्वोच्चमा पत्रकारद्वय बाबुराम आचार्य र पर्वतराज घिमिरेले रीट निवेदन दायर गरेका थिए ।
यद्यपि, सर्वोच्चले रिट अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न आनाकानी गरेको छ आचार्य र घिमिरेको भनाई छ ।
प्रहरी जवानबाट गोडा धुवाउने कार्य अमानवीय रहेको भन्दै आगामी दिनमा यस्ता कार्य नगर्नु/नगराउनु पर्ने मागसहित अन्तरिम आदेशको माग गरिएको छ ।
रिटमा प्रमुख आयुक्त कार्कीलाई कारबाहीको माग गरिएको आचार्यले बताए ।
दशैंको अष्टमीका दिन कार्कीले मनकामना मन्दिरको पुजा सकेर फर्कने क्रममा बलि दिईएका पशुको रगत खुट्टामा लागे पछि प्रहरी जवानलाई धुन लगाएका थिए । सो कार्यको चौतर्फी विरोध समेत भएको छ ।
तस्विर सौजन्य : किशोरजंग थापा\सेतो पाटी

प्रतिक्रिया