कटुवा पेस्तोल सहित २ जना पक्राउ

Raju-Hemrajबर्दिया, ३ कात्तिक । बर्दिया प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–९, चौगुर्जीका २५ बर्षीय हेमराज गोडिया र राजु लोध रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले शनिवार सार्वजनिक गरेको हो ।
लामो समयदेखि अपराधिक क्रियाकलापमा सहभागी भएको गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रहरीले शुक्रबार २ थान गोलीसहित सुतिरहेकै अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
सामान्य सोधपुछ पछि दिउँसो ४ राउण्ड गोली र साँझ राजु लोधको करेसाबारीमा गाडेर राखेको अवस्थामा कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
प्रहरीले उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्र्तगत मुद्दा चलाइने जनाएको छ ।

प्रतिक्रिया