जवानद्वारा गोली हानी इन्स्पेक्टरको हत्या

Hemraj-Bhatta-Inspectorदैलेख असोज २५ । दैलेख जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टलाई आफ्नै सहयोगीले गोली हानी हत्या गरेका छन् ।

प्रहरी जवान कमलप्रसाद शर्माले बिहीबार बिहान सवा ५ बजेतिर कार्यालयभित्रै गोली हानी हत्या गरेको प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी गराए ।
स्रोतकाअनुसार प्रहरी जवान शर्माले इन्सपेक्टर शर्मासँग २ दिनको बिदा मागेका थिए । डिएसपी महर्जन क्षेत्रीय सुरक्षा गोष्ठीमा भाग लिन नेपालगञ्ज गएकाले बुधबारसम्म भट्ट नै निमित्त कार्यालय प्रमुख थिए । इन्सपेक्टर भट्टको हत्यालगत्तै जवान शर्माले आफैँलाई गोली हानी आत्महत्या गरेका थिए । शर्मालाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक भट्टको भने निवासमै मृत्यु भएको हो । उनलाई खप्परको अगाडि पछाडिको भागमा २ रावन्ड गोली हानिएको एक प्रहरी अधिकृतले बताए ।
डिएसपी महर्जन गोष्ठी सकेर बुधबार साँझ जिल्ला आएका थिए । घटनाको अनुसन्धान भइरहेको छ उनले भने, कुन हतियारको गोली चल्यो भन्नेबारे पहिचान गर्न सकिएको छैन् । प्रहरी निरीक्षक भट्ट महेन्द्रनगर र जवान शर्मा दैलेखकै खड्काबाडा निवासी हुन् । घटनाको अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालयबाट उच्चस्तरको टोली दैलेखतर्फ आइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा एकको मृत्यु, नौ घाइते
दैलेख, २४ असोज । पुष्पलाल मार्गको मालुखोलाबाट करिब ४ किलोमिटर मेलुङतर्फको कच्ची सडकमा बुधबार साँझ साढे ४ बजे भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
मृत्यु भएका करिब ३० वर्षीय दिपात नेपाल प्रहरीका जवान भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
काठमाडौंबाट यात्रु बोकेर छुटेको बा २ ख ९८०४ नम्बरको बस उकालो चढ्दैगर्दा चिप्लिएर सडकमै पल्टिएको घाइतेहरूले बताएका छन् । अरनिको यातायात समितिको उक्त बसमा मेलुङ र डाँडाखर्क गाविसका करिब ४५ यात्रु सवार थिए ।
दुर्घटनामा घाइतेहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको डाँडाखर्कका रविन लामाले बताए । घाइते सबैलाई उद्धार गरी चरिकोट ल्याइएको छ ।
दुर्घटनामा घाइतेहरू: रीना तमाङ– डाडाखर्क गाविस, प्रवीन श्रेष्ठ– मेलुङ गाविस, नारायण श्रेष्ठ– मेलुङ गाविस, नवराज थोकर– डाँडाखर्क गाविस, हीरा थोकर– डाँडाखर्क गाविस, ज्ञानबहादुर तमाङ– डाँडाखर्क गाविस, सन्तबहादुर मगर– डाँडाखर्क गाविस, दिनेश मगर– डाँडाखर्क गाविस, कुमार खड्का आदि छन् ।

प्रतिक्रिया