सौर्यकर्मी घिमिरे अन्तर्राष्ट्रिय आर्बिटर

Manoj-Ghimireकाठमाडौं : सौर्यकर्मी मनोज घिमिरे चेसका अन्तराष्ट्रिय आर्बिटर बनेका छन् । इस्टोनीयाको तालीनानमा बिहिबार सम्पन्न बिश्व बुद्धीचाल महासंघको ८४ औ कांग्रेसले घिमिरे र बालाराम पुनको अन्तराष्ट्रिय आर्बीटरको आबेदनलाई स्वीकृत गरेको हो । त्यसै काग्रेसले मोनालीसा खुम्बु र यज्ञराज पन्तको फीडे आर्बीटरको आबेदनलाई पनि स्वकिृत गरेको छ ।
यससँगै नेपालमा अन्तराष्ट्रिय आर्बिटरको संख्या ६ पुगेको छ । यसअघि ज्ञानेन्द्र खाइजु, बिदुर गौतम, उमेश केसी र महेश्वरलाल डंगोल हालसम्मका नेपाली अन्तराष्ट्रिय आर्बीटर हुन् । घिमिरे र पुन सन् २००९ मा राष्ट्रिय आर्बीटर भएका थिए । घिमिरे २०१० मा तथा पुन २०११ मा फिडे आर्बिटर भएका थिए । पेसाले घिमिरे लामो समयदेखि सञ्चार क्षेत्रमा छन् । यसैगरी पुन कोरियन भाषा शिक्षक हुन् । (सौस)

प्रतिक्रिया