‘परिचय–पत्र वितरण नभए निर्वाचन निष्पक्ष नहुने’

Prakashman-Shingकाठमाडौं, २४ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मतदाता परिचय–पत्र वितरण गर्न नसकेकोमा निर्वाचन आयोगको कार्यप्रति रोष प्रकट गरेका छन् ।

काठमाडौं क्षेत्र नम्वर दुईस्थित पुरानो बानेश्वरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री सिंहले मतदाता परिचय–पत्र वितरण हुन नसके आयोगको अक्षमता देखिने बताए । ‘मतदाता परिचय–पत्र वितरण हुन नसके निर्वाचन आयोगको अक्षमता हुने छ,’ उनले भने, ‘आयोगले परिचय–पत्र वितरण गर्न नसके निर्वाचन निष्पक्ष हुन सक्दैन ।’
परिचय–पत्र छपाइको टेन्डर गर्ने विषयमा कुरा नमिलेर मतदाता परिचय–पत्र वितरणमा भएन भन्नु उपयुक्त तर्क नरहेको महामन्त्री सिंहको भनाई छ । ‘अन्तिम क्षणमा आएर टेण्डरको विषय देखाएर मतदाता परिचय–पत्र छपाई नहुँनु भनेको लाजमर्दो कुरा हो,’ उनले भने, ‘मतदाता परिचय–पत्र वितरण हुन सकेन भने निर्वाचन निष्पक्ष हुँदैन ।’
आयोगले आफ्नो अक्षमता लुकाउन विभिन्न बहानाबाजी गर्न नपाउने उनले बताए । ‘मतदाता परिचय–पत्र वितरण गर्न नसक्ने कार्यले आयोगप्रति अविश्वास पनि बढ्न थालेको छ,’ उनले भने ।
टेण्डरका कारण देखाउँदै आयोगले मतदाता परिचय–पत्र वितरण गर्न नसक्ने जनाए पछि महामन्त्री सिंहले सो विषयको विरोध गरेका हुन् ।
एमाओवादीको राज्यसक्ता कब्जा गर्ने ध्यानका कारण अघिल्लो संविधानसभा विघटन भएको महामन्त्री सिंहले आरोप लगाए ।
‘एमाओवादीले सधैँ सत्ताकब्जा गर्ने सपना देखेकाले नयाँ संविधान बन्न सकेन,’ उनले भने, ‘यसपटक कांग्रेसको बहुमत आएपछि नयाँ संविधान जारी गर्छौं ।’

प्रतिक्रिया