काठमाडौंको हिलो र धुलो हटाउन निर्देशन

krishnahariकाठमाडौं, २३ असोज । सरकारले राजधानीका विस्तारित सडकहरुका कारण देखिएको धुलो र हिलोको समस्या छिटो हटाई सेवा प्रदान गर्न सरोकारवालाहरुलाई दिर्नेशन दिएको छ ।
मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं काठमाडौंमा विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि वास्कोटाले निर्माणाधिन सडकका कारण भोग्नु परेको समस्या छिटो अन्त्य गर्नु पर्ने जनाएका हुन् ।
‘विस्तारित सडक निर्माणको काममा कुनै पनि प्रकारको ढिलाई नगर्नुस्,’ उनले निर्देशन दिएका छन् । उनले राजधानीमा विस्तार हुँदै गरेका सडकको कामको अनुगमन गरेका थिए ।

प्रतिक्रिया