निर्वाचनमा सकारात्मक सहयोग गरिदिनुस्

Khilraj-Regmi'sकाठमाडौं, २३ असोज । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचनलाई सकारात्मक रुपमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा रेग्मीले निर्वाचनमा सबैको सकारात्मक सहयोग अनिवार्य रहेको बताए ।
‘जहाँ रहनु हुन्छ त्यही स्थानबाट पनि आगामी निर्वाचनप्रति सकारात्मक भई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका निर्वाह गरिदिनु होला,’ उनले भने ।
निर्वाचनलाई सफल बनाउन सहयोगी भूमिकाका लागि सबै पक्षसँग अपेक्षा गरेको रेग्मीको भनाई थियो ।

प्रतिक्रिया