केन्द्रीय सदस्य कार्कीद्वारा उम्मेदवारी अस्वीकार

maobadi flagदोलखा, २३ असोज । एमाओवादीका केन्द्रीय सदस्य गंगा कार्कीले आफूलाई जानकारी नै नदिई समानुपातिक तर्फको उम्मेदवार बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
दोलखा निवासी कार्कीले विज्ञप्ति जारी गरेर समानुपातिक तर्फको उम्मेदवारी आफूले त्यागेको जानकारी दिए । उनले आफूलाई जानकारी नै नदिई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएका हुन् ।
‘पार्टीको एउटा जिम्मेवार सिपाही भएरपनि बिना जानकारी उम्मेदवार भएको भनेर पत्रपत्रिकामार्फत जानकारी पाउनु आफैँमा विडम्बनापूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मेरो उम्मेदवारीले उत्पीडित जाति र लिंगमाथि घात हुने महसुस गरेँ ।’
कार्की दोलखाबाट सबैभन्दा पहिले भूमिगत हुने मध्येका र त्यागी नेता मानिन्छन् ।
टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका कार्कीले निहीत स्वार्थपूर्तिका लागि पहिचान र संघीयताको मर्ममाथि प्रहार भएको बताए ।

प्रतिक्रिया