देउवाका बागीद्वारा उम्मेदवारी फिर्ता, देवकोटाको यथावत्

sher-bd-deuba-ji2धनगढी, २३ असोज । आसन्न संविधानसभा सदस्य निर्वाचनमा कैलालीको क्षेत्र नम्बर १, ४ र ६ बाट बागी उम्मेदवारी दिने दुई जनामध्ये एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर १ र ६ बाट नेपाली कांग्रेस र ४ बाट एमालेका नेताले बागी उम्मेदवारी दर्ता गराएका थिए ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाविरुद्ध बागी उम्मेदवारी दिएका गंगाबहादुर कुँवरले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
०४८ सालमा नेपाली कांग्रेसबाट कैलाली–१ बाट सांसद समेत भएका कुँवरले नेता देउवा उठेको कैलाली–६ तथा १ बाट कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।
कुँवरलाई बागी उम्मेदवारी फिर्ता कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र स्वयं देउवाले बारम्बार दबाब दिएपछि उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न तथा आफ्नो असन्तुष्टिलाई चाँडै पार्टीले सम्बोधन गर्ने जनाएपछि उम्मेदवारी फिर्ता लिएको बागी उम्मेदवारका प्रत्यासी कुँवरले बताए ।
कुँवरले पार्टीका नेता तथा कार्यकर्ताको अनुरोधलाई सहर्ष स्वीकार गरेर उम्मेदवारी फिर्ता लिएर ठूलो गुन लगाएकाले उनलाई चाँडै पार्टीले उचित जिम्मेवारी दिने नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले बताए ।
यसैबीच, नेकपा (एमाले) का अध्यक्ष दीर्घ सोडारीविरुद्ध बागी उम्मेदवारी दिने रामचन्द्र देवकोटाले भने उम्मेदवारी फिर्ता लिएनन् । मंगलबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो ।
उनी सोडारी–४ बाट उठेका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै देवकोटाले बागी उम्मेदवारी दिएका हुन् । उनलाई उम्मेदवारी फिर्ता लिन एमाले नेता–कार्यकर्ताले धेरै प्रयास गरे पनि सफल हुन नसकेको बताइन्छ ।

प्रतिक्रिया