तिब्बतका भेडाच्याङ्ग्रा सल्लाघारीमा

veda-changra-in-pokharaभक्तपुर २२ असोज । दसौका लागि तिब्बतबाट भेडाच्याङ्ग्राको भक्तपुरको सल्लाघारी आइपुगेको छ । पहिलो खेपमा ४ सय ५० च्याङ्ग्रा आइपुगेको भक्तपुर सल्लाघारीका भोडा–च्याङ्ग्रा व्यापारी मधु थापाले जानकारी दिए ।

उनका अनुसार यसवर्ष तिब्बतको खासाबाट र मुस्ताङ हुादै करिब ४ हजार भेडाच्याङ्ग्रा उपत्यका भित्रिने छ । यसवर्ष च्याङ्ग्रा जिउादो प्रतिकिलो ५ सय रुपैया तोकिएको व्यापारी थापाले बताए । ्र गतवर्ष च्याङ्ग्राको प्रतिकिलो ४ सय देखि ४ सय ५० रुपैया सम्म रहेको थियो ।
उनले भने, ‘यो वर्ष चीनको तिब्बतमै च्याङ्ग्रा प्रतिगोटा ३ हजार रुपैयासम्म बढी मूल्य परेको छ । उनले तिब्बतमै एउटा च्याङ्ग्राको १६ हजार ५०० सम्म मूल्य परेको जानकारी दिए । यसैबिच धुन्चेबाट प्राप्त समाचार अनुसार यो बर्ष दसौका लागि आवश्यक भेडाच्याङ्ग्राको आपूर्तिमा कमी आएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरिक्षक शैलेन्द्र रेग्मीकाअनुसार सोमबारसम्म १ सय ७३ वटा मात्र भोडाच्याङ्ग्रा भित्रिएका छन् ।
गत वर्ष पााचदेखि दसहजारसम्म भेडाच्याङ्ग्रा रसुवागढी नाकाबाट अन्यन्तै न्यून आयात हुादा बडादसौको मासु आपूर्तिमा समसया परेको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ । केरुङ्बाट भिर्‍याइएका ती भेडाच्याङ्ग्राको प्रतिकेजी रु एकहजारमा खरिद मूल्य परेको धुन्चेका मासु व्यवसायी मोदनाथ भट्टले जानकारी दिए । यस्तै दसौको किनमेलका लागि ग्रामीणवासीहरु प्रमुख व्यापारीकेन्द्र धुन्चे, स्याफुबेंसी, कालिकास्थान र बेत्रायनीमा केन्द्रित रहेको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रतिक्रिया