‘सेना परिचालनमा कु–तत्वले भ्रम फैलाउँदैछ’

Suraksha-Gosthiधनगढी, २१ असोज । गृहमन्त्री माधवप्रसाद घिमिरेले नेपाली सेना कसैका बिरुद्धमा नभई संविधानसभा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सरकारले परिचालन गर्न लागेको स्पष्ट पारेका छन ।
कैलालीको धनगढीमा आज (सोमबार) भएको कार्यक्रममा घिमिरेले सेना परिचालनका विषयमा गलत नबुझ्न आग्रह गरे । ‘नेपाली सेना परिचालन कसैका विरुद्ध लक्षित छैन,’ उनले भने, ‘चुनाव शान्तिपूर्ण बनाउन सरकारले परिचालन गरेको हो ।’
प्रचलित नियम कानूनमा व्यवस्था भएअनुसार चुनावमा सेना परिचालन गर्न लागिएको उनको भनाई छ । ‘केही कुतत्वले सेनाको भूमिका बारे अनर्गल प्रचार गरी भ्रम फैलाउन खोजेको छ,’ उनले भने ।
निर्वाचनलाई निर्धारित समयमा भयरहित वातावरणमा सम्पन्न गर्न सेनाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत सुरक्षा योजना बनाई परिचालन गरिने गृहमन्त्री घिमिरे बताए । उनले एकीकृत सुरक्षा योजना कार्यान्वयन अन्तिम चरणमा रहेको बताए ।
बारामा एमालेका उम्मेदवारलाई अराजकत्वले आक्रमण गरेर त्रास फैलाउन खोजेको बताएका गृहमन्त्री घिमिरेले सरकार उम्मेदवार, राजनीतिक दल तथा मतदाताको सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गरे ।

प्रतिक्रिया