काठमाडौं, २१ असोज । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको ५७औँ संस्करणअन्तर्गतको मदन पुरस्कार दमिनी भीर उपयान्सका लेखक राजन मुकारुङलाई प्रदान गरिएको छ । त्यस्तै, नेपाली गीत र कविता लेखनमा निरन्तर लागेर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत स्रष्टा रत्नशम्शेर थापालाई जगदम्बा श्री सम्मान प्रदान गरिएको छ । गुठीले वर्षभर प्रकाशित कृतिमध्ये एकलाई उत्कृष्ट ठहर्याई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।
सीमान्तकृत जनताले भोग्नुपरेको तीतो यर्थाथलाई मुख्य मुद्दा बनाई लेखिएको दमिनी भीर र लामो समय नेपाली गीतसंगीतका क्षेत्रमा योगदान पुर्याएकाले कदर स्वरुप दुवै स्रष्टालाई पुरस्कार एवं सम्मान दिने घोषणा गरेको मदन पुरस्कार गुठीले जनाएको छ । ‘यस प्रकारको पुरस्कार एवं सम्मानले कलमजीवीहरूलाई हौस्याउने काम गरेको छ,’ मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले बताए ।
डा. उपेन्द्रमान मल्लको प्रमुख आतिथ्य एवं कमलमणि दीक्षितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कृत स्रष्टा मुकारुङले जातीय एवं सांस्कृतिक पहिचान आजको प्रमुख मुद्दा भएको र यसलाई संस्थागत गर्न आफूले उपन्यास लेखेको बताए ।
उनले भने, म मुन्दुमी संस्कार बोकेर बाँचिरहेको मानिस हुँ, यस दमिनी भीर उपन्यास पनि त्यही समाज, संस्कृति र सभ्यताको विरासत हो, त्यहाको जीवन पद्धति मेरो दर्शन हो,’ त्यस्तै, अर्का सम्मानित स्रष्टा थापाले आफ्नो सिर्जना यात्रालाई उचित मूल्यांकन गरी सम्मान गरेकामा खुसी लागेको बताए । ‘साहित्य रचना मैले आफैँ आत्म सन्तुष्टिका लागि सुरु गरेर निरन्तरता पनि दिएँ,’ थापाले बताए । यस किसिमको सम्मानले स्रष्टाहरूलाई सधैँसधै‘ अगाडि बढ्न सकारात्मक ऊर्जा मिल्ने उनले बताए ।
त्यस्तै, गुठीका सदस्य सचिव कुन्दनमणि दीक्षितले आफूलाई पुरस्कृत गर्ने अवसर प्रदान गरेको मा स्रष्टाहरूप्रति आभार व्यक्त गरे । करिब ३ सय व्यक्ति/समूहको
उपस्थितिमा बाँडिएको पुरस्कार एवं सम्मानको मूल्य जनही २ लाख, ताम्रपत्र एवं पदक रहेको छ ।
प्रतिक्रिया