आफ्नै दलले बहुमत ल्याउने दाबी

एमालेको नेतृत्वमा बहुमतको सरकार बन्छ : ओली

काठमाडौं, २१ असोज । एमालेका प्रभाशाली नेता केपी शर्मा ओलीले संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । युवा संघ नेपालले दसैँ, तिहार तथा छटको अवसरमा आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो दाबी गरेका हुन् । ‘अबको निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउँछ,’ उनले भने, ‘त्यही सरकारले संविधान बनाउँछ ।’
कार्यक्रममा ओलीले एमाले बारा–४ का सभासद् महम्मद अफ्ताव आलममाथि गोली चलाएर साम्प्रदायिक दंगा निम्त्याउन खोजेको आरोप लगाए । ‘एमालेका सभासद्माथि गोली प्रहार गरेर राष्ट्रिय एकतालाई भाँड्ने काम भएको छ,’ उनले भने । कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष महेश बस्नेतले युर्थ फोर्स शान्ति सेना भएको दाबी गरेका थिए ।

कांग्रेस कमजोर भएको छैन : महत

काठमाडौं, २१ असोज । कांग्रेसका नेता डा. प्रकाशशरण महतले निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउने prakash sharan mahatविषयमा सरकार संवेदनशील हुनुपर्ने माग गरेका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा डा. महतले मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए । आगामी चुनावमा कांग्रेसको अवस्था मजबुत रहेको डा. महतले दाबी गरे । ‘पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसको कमजोरस्थिति बनेकाले संविधान बन्न सकेन,’ उनले भने ।

प्रचण्ड अबका प्रधानमन्त्री : पुन

काठमाडौं, २१ असोज । एकीकृत माओवादीका नेता वर्षमान पुनले आगमी निर्वाचनमा आफ्नो पार्टीले १ सय ८० स्थानमा जित हाँसिल गर्ने दाबी गरेका छन् । निर्वाचनमा आफूहरूको जित सुनिश्चित रहेकाले नयाँ प्रधानमन्त्रीका रूपमा अध्यक्षलाई अघि सारेको बताए । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा पुनले आगामी निर्वाचन पछि अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने बताए ।

प्रतिक्रिया