‘झन्डा फेर्ने प्रस्तावले राष्ट्रियता कमजोर’

काठमाडौं : कांग्रेस महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय झन्डा परिवर्तन गर्ने प्रस्तावपछि राष्ट्रियता कमजोर भएको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा आइतबार आयोजित कार्यक्रममा महामन्त्री सिंहले राष्ट्रिय झन्डा परिवर्तनको प्रस्तावपछि राष्ट्रियतामा समस्या आएको बताएका हुन् । ‘अघिल्लो संविधानसभामा राष्ट्रिय झन्डा परिवर्तन गर्ने प्रस्ताव आएपछि राष्ट्रियतामा केही आँच पुगेको छ,’ सिंहले भने, ‘राष्ट्रिय झन्डा परिवर्तन गर्न कही साना दलले प्रस्ताव गर्नु उचित थिएन ।’ उनले राष्ट्रिय झन्डालाई चलाउन नहुने धारणा व्यक्त गर्दै ४ मंसिरमा दोस्रो संविधानसभा चुनाव सम्पन्न गर्ने दायित्व सबैको भएको बताए । ‘मंसिर–४ को चुनावले मुलुकको भविष्य बनाउनेछ,’ उनले भने, ‘चुनावले नै राजनीतिक निकास पनि दिनेछ ।’ (सौस)

प्रतिक्रिया