सरकार सुरक्षाका लागि संबेदनशील हुनु पर्छ

Prakashsharan-Mahat-2काठमाडौं, २० असोज । कांग्रेसका नेता डा.प्रकाश शरण महतले निर्वाचनमा सुरक्षा ब्यवस्था मिलाउने विषयमा सरकार संबेदनशील हुनु पर्ने माग गरेका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा डा.महतले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार जिम्मेवार हुनु पर्ने बताए । ‘चुनावको मुखमा उमेदवार माथिको आक्रमणले त्रासको बातावरण सृजना गरेको छ,’ उनले भने ।
उम्मेदवार र मतदाताको सुरक्षामा सरकार संबेदनशील भई शान्ति सुरक्षा मजबुद छ भन्ने विश्वास दिलाउनु पर्ने उनले बताए ।
आगामी चुनावमा कांग्रेसको अवस्था मजबुत रहेको डा.महतले दाबी गरे । ‘पहिलो संविधानसभाको निर्वाचनमा काग्रेसको कमजोरस्थिति बनेकाले संविधान बन्न सकेन,’ उनले भने, ‘कांग्रेसको बहुमत आएमा मुलुकले लोकतान्त्रिक गणतान्त्रिक संविधान पाउँछ ।’

प्रतिक्रिया