खाग तस्करीका १४ अभियुक्त पक्राउ

Rahino-Gaidaचितवन, २० असोज । दुर्लभ एकसिँगे गैँडाको खागको तस्करीमा संलग्न एक गिरोह सार्वजनिक गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको खाग तस्करी गर्ने बुद्धिबहादुर प्रजासहित १४ जनालाई निकुञ्जले शुक्रबार सार्वजनिक गरेको हो । उनलाई विगत ६ वर्षदेखि खोजीको सूचीमा राखिएको थियो । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र निकुञ्ज सुरक्षार्थ खटिएको नन्दबक्स गणको सहयोगमा पक्राउ गरिएको हो । निकुञ्ज मुख्य कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ३३ वर्षीय खैरहनी–४ बुद्धिबहादुर प्रजासहित भन्डारा–६ का २८ वर्षीय वीरबहादुर प्रजा, २३ वर्षीय डिल्लीबहादुर प्रजा, २२ वर्षीय रमेश चेपाङ सोही गाविसका २५ वषीणर््य दामु प्रजा, ३४ वर्षीय रामकुमार प्रजा, कोराक ९ का २७ वर्षीय राजु चेपाङ, मेघौली ३ का २६ वर्षीय दुर्गा कुमाल र मेघौलीका ३५ वर्षीय दलीराम दराई छन् । यस्तै गोरखा घर भई काठमाडांै बौद्ध बस्ने ५५ वर्षीय दिधि लामा स्वयम्भु बस्ने ५० वर्षीय लोपु हुदेन लामा, ३८ वर्षीय हिरिन लामा, काठमाडांै जोरपाटी बस्ने ४६ वर्षीय नुरसाङ लामा र पर्सा मधुवनका ४१ वर्षीय गोपाल हजारा दुसात छन् । पत्रकार सम्मेलनमा उनीहरूका साथबाट भरुवा बन्दुक एक थान, लोकल राइफल एक थान र चार थान गोली बरामद भएको निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताए ।
गएको भदौ २८ गते बुद्धिबहादुर प्रजालाई पक्राउ गरेलगतै अन्य अभियुक्त पक्राउ परेका थिए । प्रजा यसअघि पनि दुर्लभ एकसिँगे गँैडाको चोरीसिकारी गरेको अभियोगमा पक्राउ परेका थिए । सो अवसरमा दिएको जानकारीअनुसार यस आर्थिक वर्ष सुरु भएयता विभिन्न अभियोग ६९ जना पक्राउ परेका छन् । जसमध्ये गैँडामा २१, अन्य जनाबरमा २, काठमा ९, माछामा ७, गिटी बालुबामा १० र अन्य विभिन्न अभियोगमा २० जना पक्राउ परेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया