घटस्थापनादेखि अधुरो सपना

afhuro-sapanaदीपक फिल्मस् र हरियाली म्युजिक प्रालिको ब्यानरमा राज दोङ र जोनिस पाख्रिनको संयुक्त लगानीमा बनेको नेपाली कथानक चलचित्र ‘अधुरो सपना’ घटस्थापनाका दिनदेखि प्रदर्शनीमा आउने भएको छ । विजयादशमीको अवशर पारी घटस्थापनाको दिन च्यारिटी सोबाट चलचित्र रिलिज गर्न लागेको निर्माता राज दोङले बताए । लभ स्टोरीमा आधारित यो चलचित्रको निर्देशन तथा लेखन दीपक लामाको रहेको छ । नवप्रवेसी नायक सिरी लामा र नायिका मिना गौतमले अभिनय गरेको यस चलचित्रमा गायन तथा संगीत राज दोङको रहेको छ । त्यस्तै, गायिका लक्ष्मी तामाङले पनि चलचित्रको गीतमा स्वर दिएकी छिन् भने चलचित्रमा गीतकार जितेन्द्र रसिक र राजदोड कै शब्द रहेको छ । २०५२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेको गायक राज दोङले गायनसँगै अभिनय क्षेत्रमा पनि हात हालेका हुन् । उनले चरि भंगेरी, डम्फु ठोकेर, जालमायाँ सोके, बरको चौतारी, मेलम्ची गाउँको होइ मैच्याङ, आस्याङको छोरी सोल्टिनी गरि आधा दर्जन गीति एल्बम बजारमा ल्याएका छन् । उनी लोक र सेलो गायन क्षेत्रमा लामो समय बिताइसकेका गायक हुन् । चलचित्रमा निर्माता तथा गायक दोङ पनि अभिनयमा देखिनेछन् । दोङले भने, ‘अभिनयमा पनि इच्छा जागेकोले यो क्षेत्रमा हात हालेको हुँ ।’ चलचित्रमा दोङ डक्टरको भूमिकामा देखिनेछन् । नेपाली समाजमा विभिन्न प्रलोभन र धनी पुरुषहरू प्रति लोभिएर विवाहित नेपाली महिलाहरूले आफ्नो पतिलाई बाराम्बार धोका दिने प्रवृत्ति कथामा उनिएको छ । चलचित्रमा द्वन्द्व डेबिड लामाको रहेको छ भने छायांकन शिशिर पोख्रेलको रहेको छ । (सौस)

प्रतिक्रिया