च्याम्पियन्स लिगमा बार्यनको जित

Bayrnलन्डन : युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख, रियाल म्याड्रिड र पेरिस सेन्ट जर्माइनले उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएका छन् । डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले गतिलो सुरुआतलाई निरन्तरता दिने क्रममा म्यानचेस्टर सिटीलाई ३–१ ले हरायो ।
बुधबारको सबैभन्दा रोमान्चक खेलमा फ्रयाङक रिबेरीले सातौँ मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए । सिटीको घरेलु मैदान इतिहाथ रंगशालामा आक्रामक देखिएको भ्रमणकारी बार्यनले ५६औ‘ मिनेटमा थोमस मुलरको गोलमार्फत अग्रता दोब्बर पार्‍यो ।
तीन मिनेटपछि आर्यन रोब्बिनले अर्को गोल थप्दा बार्यन ३–० ले अघि थियो । सिटीबाट खेलको ७९ मिनेटमा अल्भारो नेग्रेडोले सान्त्वना गोल फर्काए । जितसँगै सुरुआती दुई खेलबाट ६ अंक बटुलेको बार्यन समूह ‘डी’ को शीर्ष स्थानमा छ । यसअघि सिएसकेए मस्कोलाई ३–० ले हराउ‘दै बार्यनले प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।
बुधबार राति मस्कोले च्याम्पियन्स लिगमा स्पष्ट ३ अंक जोड्ने क्रममा भिक्टोरिया पल्जनलाई ३–२ ले हरायो । उपाधिको अर्को दाबेदार रियाल म्याड्रिडले पनि प्रतियोगितामा बार्यनले जस्तै लगातार दोस्रो जित दर्ता गरायो । रियालले घरेलु मैदानमा डेनमार्कको एफसी कोपेनहेगनलाई ४–० ले हराएको हो । च्याम्पियन्स लिगअन्तर्गत बुधबारै पेरिस सेन्ट जर्माइनले बेनफिकालाई ३–० ले हरायो । (एजेन्सी)

प्रतिक्रिया