तलबबाट मजदुर वञ्चित

विराटनगर : सुनसरीको सोनापुरमा रहेको अरिहन्थ मल्टिफाइबर लिमिटेडमा कार्यरत श्रमिकले सरकारले वृद्धि गरेअनुसार तलब/ज्याला नपाएको गुनासो गरेका छन् । सात हजारभन्दा बढी मजदुर कार्यरत रहेको सो उद्योग व्यवस्थापनले २७ देखि ३१ जेठसम्म बढेको ज्याला दिइएको छैन । यसरी वृद्धि भएको तलब पााच दिनको करिब ३५ लाख रहेको र त्यो दिएको छैन । उता श्रम कार्यालय विराटनगरले मजदुरको ज्याला नदिएको सम्बन्धमा गुनासो आएपछि फाइल झिकाइ अध्ययन भइरहेको जनाएको छ ।सुनसरी–मोरङ करिडोरका धेरै उद्योगले जेठ महिनामा वृद्धि भएको ज्याला नदिएको गुनासो पाइएको छ । विगतमा एक दिनको ज्याला २ सय ३१ रूपियाँ रहेकामा त्यसलाई वृद्धि गरी एक दिनको ज्याला ३ सय १८ रूपियाँ गरीएको थियो । (सौस)

प्रतिक्रिया