सल्यानमा दुई माओवादीबीच झडप

maobadiसल्यान, १७ असोज । उम्मेदवार मनोनयनलाई लक्षित गर्दै सरकारले आज (बिहीबार) देशभरको सुरक्षा व्यवस्था कडा बनाएको छ । चुनावी प्रक्रियाप्रति असन्तुष्ट केही दलले अवरोध गर्नसक्ने भएकाले सहज मनोनयन दर्ताका लागि सुरक्षाव्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ ।
सबै जिल्लामा, सम्बन्धित सुरक्षा समितिले तयार पारेको योजनाअनुसार सुरक्षा प्रदान गर्ने प्रहरी प्रवक्ता डीआईजी नवराज सिलवालले जानकारी दिनुभएको छ ।
यसैबीच, सल्यानमा एकीकृत माओवादी र नेकपा माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जांदै गरेका एमाओवादीका नेता–कार्यकर्तालाई नेकपा माओवादीका कार्यकर्ताहरुले रोक्न खोजेपछि झडप भएको हो ।
झडपमा एकीकृत माओवादी नेता लोकमान बुढाथोकी घाइते भएका हुन् । अहिले सल्यानको सुरक्षा व्यवस्था कडा पारिएको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया