‘पुतली जहाज’ दुर्घटना हुँदा २ को मृत्यू

Putali Jahajपोखरा, १७ असोज । पोखरामा ‘पुतली जहाज’ दुर्घटना हुँदा सञ्चालक सहित दुई जनाको मृत्यू भएको छ ।
एभिया क्लवद्वारा पोखरामा सञ्चालित अल्ट्रालाईट (पुतली जहाज) फेवाताल नजिकको रानीबनमा आज (बिहीबार) विहान दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा पाइलट स्टेफन श्रेष्ठ र चिनियाँ पर्यटक जुन लिउको रहेका छन् ।
‘नाईन एमए जेड वाई’ अल्ट्रालाईट पुम्दीभूम्दी–१ को शान्ति स्तुपा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका नायव उपरीक्षक सन्तोष खड्का रहेका छन् ।
प्रत्यक्षदर्शी सूर्यबहादुर विकका अनुसार आकासमा उडिरहेको ‘पुतली जहाज’ एक्कासि विजुलीको तारमा ठोक्किएर खेतमा बजारिएको थियो ।
‘पुतली जहाज’को इञ्जिन बन्द भएका कारण दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ ।  (फाईल तस्विर)

प्रतिक्रिया