अब सर्वसाधारणको गुनासो अख्तियारमा

aakhatiyarकाठमाडौ, १७ असोज । सर्वसाधारणका उजुरी र गुनासोलाई पनि अब अख्तियारले छानबिनको दायरामा ल्याउने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी जनगुनासा सुन्न सर्वसाधरणसँग प्रमुख आयुक्त कार्यक्रम सञ्चालन गरी जनस्तरदेखि नै उठेका विषयवस्तुमा छानबिन गर्ने भएको हो । हालसम्म उजुरीका आधारमा भ्रष्टाचारको छानबिन गर्दै आएको अख्तियारले अब सर्वसाधारणसँगको भेटघाटमा उठेका विषयवस्तुलाई पनि छानबिनको दायरामा ल्याउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रमुख आयुक्त लोकमान सिंह कार्कीले पाक्षिक रूपमा सर्वसाधारणसँग प्रत्यक्ष भेट गरी गुनासा र उजुरी सुन्ने भएका छन् । पहिलो भेटघाट ४ कात्तिकलाई तय गरिएको अख्तियारले जनाएको छ । उक्त कार्यक्रम बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ । कार्यक्रममा सहभागी हुन चाहनेलाई अग्रिम नाम दर्ता गर्न अख्तियारले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया