नेकपा संयुक्तका जिल्ला अध्यक्षसहित संघीय सद्भावनामा

भैरहवा : नेपाल कम्युष्टि पार्टी संयुक्तका जिल्ला कार्य समिति रूपन्देहीका अध्यक्षसहित अन्य पदाधिकारीहरू बुधबार संघीय सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
तराईको राजनीतिलाई एक ढिक्का पार्ने र संघीयतालाई बलियो बनाउने उद्देश्यका साथ संयुक्त पार्टी छाडेर संघीय सद्भावनामा विना सर्त प्रवेश गरेको जिल्ला अध्यक्ष कमल नारायण चौधरीले बताए ।
उनीसहित संयुक्तबाट राजीनामा दिँदै जिल्लाका ६ निर्वाचनमा प्रत्यक्षबाट उम्मेदवारीको टिकट पाएका नेतासहित एक सय ५० भन्दा बढी कार्यकर्ता संघीय सद्भावनामा प्रवेश गरेको उनले जानकारी दिए । राजीनामा दिएर संघीय सद्भावना प्रवेश गर्नेमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी पाएका चौधरी, २ का जुम्मन मुसलवान, ३ का जानकी थारू, ५ का सुनिता चौधरी, ६ का अब्दुल जलिल र ७ का रामसकंर तेली रहेका छन् । तत्काललाई प्रतयक्षतर्फ सद्भावनाकै उम्मेदवार कायम रहने र नव प्रवेशीहरूलाई समानुपातिकतर्फ समेटिने संघीय सद्भावना पार्टी रूपन्देहीका अध्यक्ष केसव राम त्रिपाठीले जानकारी दिए । (सौस)

प्रतिक्रिया