काठमाडौं, १६ असोज । स्थानीय नेता तथा कार्यकर्ताको चर्को दवाव खेप्न नसके पछि एमालेले नायक भुवन केसीलाई दिएको प्रत्यक्ष तर्फको टिकट खोसेको छ ।
राजधानीमा आज (बुधबार) बसेको बैठकले केसीलाई दिईएको टिकट खोस्ने निर्णय गरेको संसदीय विभागका प्रमुख अग्नि सापकोटाले जानकारी दिए ।
एमालेले मंगलबार नायक केसीलाई काठमाडौंको क्षेत्र नम्बर एकबाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि टिकट दिएको थियो । ४८ घण्टा वित्न नपाउँदै एमालेले केसीको टिकट खोसेर स्थानीय नेता विद्या न्यौपानेलाई दिएको हो ।
प्रतिक्रिया