दशैँ ‘टीका’को साइत नौं बजेर ५७ मिनेटमा

Madhav-Prashad-Bhattarai-Drकाठमाडौं, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णयक समिति र धर्मोदय सभाले दशैंको ‘टीका’को साइत विहान नौं बजेर ५७ मिनटमा रहेको जनाएको छ ।
यस पटक दशैँको ‘टीका’ असोज–२८ गते परेको छ । वरिष्ठ संस्कृतविद् डा.माधवप्रसाद भट्टराइले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर दशैँ ‘टीका’को शुभसाईत विहान ९ बजेर ५७ मिनेटमा उत्तम रहेको जानकारी दिए ।
उनले जमरा राख्नका लागि घटस्थापनाका दिन विहान नौं बजेर ५१ मिनटमा उत्तम रहेको बताए । घटस्थापना असोज–१९ गते शनिबार परेको छ ।
यसपटक दुईवटा तिथि गडबढ भएकाले औंशीका दिन जमरा राख्ने साईत जुराउनु परेको घिमिरेले बताए । यस्तो अवस्था ५० बर्षमा एकपटक आउने उनको भनाई छ ।
फूलपातीको साईत विहान ९ बजेर ३१ मिनेटमा उत्तम रहेको छ । घटस्थापना देवी विसर्जनको समय ‘टीका’को दिन बिहान ९ बजेर २५ मिनेटमा रहेको निर्णयक समितिले जनाएको छ ।
डा.भट्टराइले सबैभन्दा पुरानो र वास्तविक विज्ञान नै ज्योतिष विज्ञान भएको बताए । उनले ज्योतिष विज्ञानलाई अलग गरेर कुनै पनि काम नगर्न अनुरोध गरे । ‘ज्योतिष विज्ञान कुनै एकधर्मको मात्रै होइन,’ घिमिरेले भने, ‘बडा दशैं पनि कुनै एकधर्मको मात्रै निजी पर्व नभई सम्पूर्ण नेपालीको पर्व हो ।’

प्रतिक्रिया