थापा माफी खोज्ने मनस्थितिमा

Ganesh-Thapaकाठमाडौं, १६ असोज । अखिल नेपाल फुटबल संघ एन्फाका अक्ष्यक्ष गणेश थापाले कसैमाथि पनि दुव्यवर्हार नगरेको दाबी गरेका छन् । कतारको दोहामा हुने एएफसी यु–१९ छनोट खेल्न जाने नेपाली टिमलाई बिदाइ गर्दै थापाले आफ्नो चरित्रहत्या गर्ने प्रयासमा गलत प्रचारप्रसार भएको बताए । फुटबल खेलाडीको रक्षा र फुटबल खेलको विकासका लागि माफी माग्न तयार भएको भन्दै उनले घुमाउरो शैलीमा कर्मचारी संघसँग माफी माग्ने संकेत गरे । ‘फुटबल विकासका लागि जोसँग पनि माफी माग्न तयार छु,’ थापाको भनाइ छ । यसअघि सरस्वती केसीलाई अपशब्द प्रयोग गरेको आरोपमा थापाको राजीनामा माग्दै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सदस्य सचिव युवराज लामालाई ज्ञापनपत्र बुझाएको थियो ।

केसी राखेप कर्मचारी संघकी उपाध्यक्ष हुन् । गणेश थापाको विरुद्धमा कर्मचारीहरू खनिएपछि उनको बचाउ गर्न सोमबार थुप्रैको संख्या एन्फा पदाधिकारी, राष्ट्रिय खेलाडी तथा उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्ने फुटबलरहरू ज्ञापनपत्र बुझाउन राष्ट्रिय खेलकुद परिषद् पुगेका थिए ।

प्रतिक्रिया