खुमबहादुरकी पत्नीद्वारा उम्मेदवारी फिर्ता

Khumbahadur Khadkaकाठमाडौं, १५ असोज । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फकी उम्मेदवार शिला गौतम खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
उनका पति समेत रहेका कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आज (मंगलबार) विज्ञप्ती जारी गरेर शिलको उम्मेदवारी फिर्ता भएको जाकारी गराएका हुन् ।
‘विपी कोइरालाको विचारसंग बर्षौदेखि प्रतिवद्ध रहेका कार्यकर्ताहरुलाई पार्टीको तर्फबाट उम्मेदवारी बन्नबाट बञ्चित गरिएको हुँदा मेरो श्रीमति शिला गौतम (खड्का)लाई दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ दिइएको उम्मेदवारी फिर्ता गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ,’ ‘उनी चुनाव नलड्ने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’
खड्काले पार्टीको आदर्श सिद्धान्तप्रति प्रतिबद्ध, दु:ख पाएका कार्यकर्ताको पक्षमा सदा रहने पनि विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
उनले कत्ति पनि विचलित नभई पार्टीमै रहेर संघर्ष गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया