नया धानको न्यूनतम मूल्य निर्धारण

Dhanधनगढी, १५ असोज । कैलालीका लागि यो वर्ष नयाँ धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवम् प्राथमिक खरिद समितिका अध्यक्ष बेदप्रकाश लेखकको अध्यक्षतामा बसेको बैठकले यो वर्षको नयाँ धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका प्रमुख सुरेन्द्रराज विष्टले बताए ।

गत वर्ष धानको मूल्य, कृषकले धानबालीमा गरेको लागत खर्च र जिल्लाको धानबालीको उत्पादन हुने अवस्थालाई आधार मानी धानको मूल्य निर्धारण गरिएको हो । समितिको बैठकले प्रतिक्विन्टल मोटो धान एक हजार ६ सय २५, मध्यम धान एक हजार ६ सय ५० र मसिनो धानको एक हजार ७ सय२५ रुपैया मूल्य निर्धारण गरेको छ । बैठकले दसौलगत्तैबाट जिल्लाको मोहनपुर, सुख्खड र टीकापुरमा खाद्य संस्थानको कााटा सञ्चालनमा ल्याई धान खरिद गरिदिने व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
विगतका वर्षमा मङ्सिर महिना लागेपछि मात्र नयाा धानको मूल्य निर्धारण गरी धान खरिदको व्यवस्था हुादै आएकामा यस वर्ष धान पसाउन लागेकै समयमा मूल्य निर्धारण भएको हो । अघिल्ला वर्षमा खाद्य संस्थानले ढिलो गरी धान खरिद कााटा सञ्चालनमा ल्याउादा कृषकले धानको उचित मूल्य नपाउने समस्या झेल्दै आएका थिए ।
कृषकले व्यापारीबाट विगतका वर्षमा धानको उचित मूल्य नपाउने गरेको गुनासो रहेको अवस्थामा मूल्यमा व्यापारीको एकाधिकार तोड्न र कृषकको हकहितलाई ध्यानमा राखी यस वर्ष समयमै धानको मूल्य निर्धारण गरिएको विष्टले स्पष्ट पारे ।
खरिद समितिले गत वर्ष पनि प्रतिक्विन्टल मोटो धानको एक हजार ६ सय २५, मध्यम धानको एक हजार ६ सय ५० र मसिनो धानको एक हजार ७ सय २५ मूल्य तोकेको थियो । यो मूल्य निर्धारणसागै गत वर्ष संस्थानले ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा ढिलो गरी खरिद कााटा सञ्चालनमा ल्याइएपछि लक्ष्यभन्दा निकै कम अर्थात् चार हजार क्विन्टल धानमात्र खरिद गर्न सकेको थियो । झन्डै ८५ प्रतिशत कृषि पेसामा आश्रित रहेका कैलालीका कृषक धानलगायतका खाद्यान्न बिक्री गरेर हुने आम्दानीबाट नै जीवन निर्वाह गर्दै आएका छन् । जिल्लामा झन्डै ६० हजार हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।

प्रतिक्रिया