पाँच बर्षसम्म मन्त्री पदमा बस्दैन : सरिता

Sarita Giri 1काठमाडौं, १२ असोज । नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरीले पाँच वर्षसम्म मन्त्री पद ग्रहण नगर्ने घोषणा गरेकी छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा अध्यक्ष गिरीले पाँच वर्षसम्म मन्त्री पद ग्रहण नगरी मधेशी जनताको हकअधिकार सुनिश्चित गर्न लाग्ने बताईन् ।
‘मन्त्री पदका लागि पार्टी फुटाउने मधेशी नेताहरुलाई नशा लागिसकेको छ,’ उनले आरोप लगाईन्, ‘त्यस्ता दलका नेताहरुले मधेशका जनताको माग सम्बोधन गर्न सक्दैनन् ।’
मधेशका जनताको मुक्तिका लागि ‘एक मधेश एक प्रदेश’को मागलाई जोडदार रुपमा अघि बढाउने उनको भनाई छ ।
विभिन्न प्ररणका कारण विवाद र चर्चामा आईरहने अध्यक्ष गिरीले मन्त्री नबन्ने घोषणा गरेर कार्यकर्तालाई आफू तर्फ आकर्षित गर्न खोजेकी छन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले समेत यस अघि अब आफू कहिल्यै मन्त्री नबन्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया