लोकतान्त्रिक संविधान एमालेले बनाउँछ

ishowarकाठमाडौं, १२ असोज । एमालेका महासचिव ईश्वर पोखरेलले आफूहरुको बहुमत आए मात्रै नयाँ संविधान बन्ने बताएका छन् । उनले आगामी निर्वाचनमा एमालेको बहुमत अनिर्वाय आउनु पर्ने बताए ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा महासचिव पोखरेलले विगतमा एमाओवादीका कारण संविधान बन्न नसकेको आरोप लगाए । उनले भने, ‘एमाले तेस्रो पार्टी भएकै कारण संविधान बन्न नसकेको हो ।’
उनले लोकतान्त्रिक संविधान एमालेले मात्रै बनाउने बताए । निर्वाचनमा भाग लिने जनताका अधिकार माथि कसैले धावा बोले प्रतिकार गर्ने उनको भनाई छ ।

प्रतिक्रिया