नेकपा–माओवादी चुनाव चाहँदैन : सापकोटा

Agni-Sapkotaकाठमाडौं, १२ असोज । एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपा–माओवादीलाई चुनावमा ल्याउन कोशिस गरेपनि सफल हुन नसकेको गुनासो गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले एमाओवादीले नेकपा–माओवादीलाई चुनावमा सहभागी गराउन पटक–पटक प्रयास गरेको दाबी गरे ।
‘नेकपा–माओवादीलाई चुनावमा ल्याउने प्रयास स्वरुप प्रयास भएपनि उनीहरुकै कारण सहमति हुन सकेको छैन,’ उनले भने, ‘नेकपा–माओवादीको चुनावमा आउन चाहेको छैन ।’
प्रवक्ता सापकोटाले नेकपा–माओवादीका चुनाव विरोधी गतिविधीको विरोध गरेका छन् । उनले भने, ‘संविधान सभा बिरोधी गतिबिधीले उहाँहरु संविधान सभाप्रति अस्पष्ट हुनुहुन्छ ।’

प्रतिक्रिया